
सल्यान,२४ पुस ।
सल्यानमा दुई दिदीबहिनी घरभित्र मृत फेला परेका छन् । बनगाड कुपिण्डे नगरपालिका-११ सिस्नेपातलका एकै घरका दिदीबहिनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिुनुभयो ।
उहाँका अनुसार आज(बुधबार) बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी मृत्यु भएको अवस्थामा फेला परेका हुन् ।
उनीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा रहेकोे प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनुभयो।
घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको उहाँले बताउनुभयो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार