२०८१ फाल्गुन ६ गते मङ्गलवार

केपि बा दाङ आउन लागेको हुँदा एयरपोर्टको कुरा सबैले उठाउँ : उपमेयर  चौधरी



दाङ, ४ माघ ।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा वली दाङ आउने भएपछि टरिगाउँ विमानस्थलको स्तरोन्नतीका लागि सबैलाई आवाज उठाउन अपिल गर्नुभएको छ ।

दुई सय ४१ जना सदस्य रहेको टरिगाउँ विमानस्थल सरोकार समुह नामक फेशबुक ग्रुपमा सक्रिय उपमेयर चौधरीले आज सो अपिल गर्नुभएको हो ।

उहाँले ग्रुपमा लेख्नुहुन्छ-‘२७ गते केपि बा दाङ आउन लागेको हुँदा एयरपोर्टको कुरा सबैले उठाउँ’ ।

उपमेयरको अपिल यस्तो छ ।

चौधरी उपमेयरमा निर्वाचित भएयता स्थानीय सरकारको तर्र्फबाट पहल थालीरहनुभएको छ तर प्रयासले सार्थकता पाउन सकेको छैन ।

केहि समय अघि एमालेका केन्दि«य सदस्य कोमल वलीसहित स्थानीय जनप्रतिनिधिलाई लिएर उपमेयर चौधरी काठमान्डौँमा प्रधानमन्त्री केपी शर्मा वली रअर्थमन्त्री विष्णु पौडेल लगाएतलाई भेटेर विमानस्थल स्तरोन्नतीका लागि आग्रह गर्नुभएको थियो ।

एमालेबाट निर्वाचित एक जनप्रतिनिधिले भने- ‘ उपमेयर साप जत्तिकै मेयरसावले पनि यो एयरपोर्टको विषयमा ध्यान दिएको भए केही फरक हुन्थ्यो होला तर उहाँलाई चासो नै छैन्’

प्रधानमन्त्री वली र अर्थमन्त्री पौडेल संगको भेटका क्रममा उमेयर चौधरीले प्रधानमन्त्री वलीलाई ‘आफुले चुनावमा गरेको प्रतिवद्धता पुरा नहुँदा राती सुत्दापनि निद«ा नपर्ने भयो प्रधानमन्त्री ज्यु हाम्रो समस्या सम्वोधन चाँडै गर्दिनुस’ भनेर आग्रह गर्नुभएको थियो ।

जवाफमा प्रधानमन्त्री वलीले उपमेयर चौधरीलाई ‘खुशी बनाएर दाङ पठाउन’ अर्थमन्त्री पौडेललाई निर्देशन दिएको निकटस्थ स्रोत बताउछ ।

सोही भेटबाट हौसीएकी उपप्रमुख चौधरीले दाङ आँउदा प्रधानमन्त्री वलीलाई दवाव दिन सरोकारवालाहरुलाई आग्रह गरेको बुझ्न सकिन्छ ।

यो कार्यलाई सकारत्मक रुपमा लिएपनि विगत लामो समयदेखि टरिगाँउ विमानस्थल चुनाव जित्ने भर्याङका रुपमा मात्र प्रयोग हुँदै आएको छ ।

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रवार