२०८१ फाल्गुन ६ गते मङ्गलवार

विद्यार्थीलाई न्यानाे कपडा



विद्यार्थीहरुलाई न्यानाे कपडा वितरण गर्दै राष्ट्रिय दलित आयाेगका अध्यक्ष देवराज विश्वकर्मा

तुलसीपुर,६ माघ ।
जाडाे बढेपछि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानाे कपडा वितरण गरिएकाे छ । तुलसीपुर उपमहानगरपालिका वडा न १९ वडा कार्यालयले वडाभित्रका चार वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानाे कपडा वितरण गरेकाे हाे ।

तुलसीपुर उपमहानगरपालिका वडा न १९ का कार्यबाहक वडाध्यक्ष रामबहादुर पाैडेलका अनुसार नवजागरण मावि कुटेचाैर,मावि भित्री सक्राम, गणेश प्रावि सक्राम र गणेश प्रावि तिनुखाेलामा अध्ययन गर्ने विद्यार्थीहरुलाई ६५० थान न्यानाे कपडा वितरण गरिएकाे हाे ।  सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई जाडाेयाममा पाेशाककै कारण विद्यालयमा नआउने अवस्था अन्त्य गर्नका लागि दुई वर्षदेखि जाडाेयाममा न्यानाे कपडा वितरण गर्न सुरु गरिएकाे बताउनुभयाे ।

मावि भित्री सक्राममा न्यानाे कपडा वितरण गर्दै राष्ट्रिय दलित आयाेगका अध्यक्ष देवराज विश्वकर्माले स्थानीय सरकारले कपडा वितरण विद्यार्थीहरुकाे शिक्षामा अपनत्वकाे भूमिका निर्वाह गरेकाे बताउनुभयाे । साेही विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका विश्वकर्माले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले देशकाे नेतृत्वदायी भूमिकामा पुग्न सक्ने बताउनुभयाे ।

यसैबीच मावि भित्री सक्राममा आइतबार न्यानाे कपडा वितरण कार्यक्रम सम्पन्न भएकाे छ । कार्यबाहक वडाध्यक्ष रामबहादुर पाैडेलकाे अध्यक्षता एवम राष्ट्रिय दलित आयाेगका अध्यक्ष देवराज विश्वकर्माकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तुलसिपुर उपमहानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत भाष्कराज गाैतम, प्रेस चाैतारी दाङका काेषाध्यक्ष गाेकर्ण पाैडेल लगायतकाले बाेल्नुभएकाे थियाे । शिक्षक शशीराम पुनकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन विद्यालयका प्रअ विभीषण राेका मगरले गर्नुभएकाे थियाे।

 

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार