२०८१ फाल्गुन ६ गते मङ्गलवार

छिल्लीकाेटका विद्यार्थीले पाए न्यानाे कपडा



तुलसिपुर,८ माघ ।
तुलसिपुर उपमहानगरपालिका वडा न १९ वडा कार्यालयले  गणेश प्रावि तिनुखाेला छिल्लीकाेटका विद्यार्थीहरुलाई न्यानाे कपडा वितरण गरेकाे छ ।

तुलसिपुर उपमहानगरपालिका वडा न १९ का कार्यबाहक वडाध्यक्ष रामबहादुर पाैडेलका अनुसार  गणेश प्रावि तिनुखाेलाका ४६ जना विद्यार्थीलाई वितरण गरिएकाे हाे ।

वडा न १९ का  कार्यबाहक वडाध्यक्ष रामबहादुर पाैडेलकाे अध्यक्षता एवम् प्रेस चाैतारी दाङका काेषाध्यक्ष गाेकर्ण पाैडेलकाे प्रमुख आतिथ्यतामा पाेशाक वितरण कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि पाैडेलले शिक्षा क्षेत्रकाे लगानीले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयाे । उहाँले वडा सरकारकाे न्यानाे कपडा वितरण सह्राहनीय पक्ष रहेकाे बताउनुभयाे ।

वडा सदस्यहरु पूर्णबहादुर बुढाथाेकी,तारा खड्का वली
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले  दूर्गम स्थानमा रहेकाे  विद्यालयमा न्यानाे कपडा  वितरणले विद्यार्थी आकर्षण बढेकाे बताउनुभयाे ।

न्यानाे कपडा वितरण कार्यक्रममा कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुन, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष पूर्णबहादुर पुन,विव्यस सदस्य टाेपबहादुर विकलगायतका वक्ताले बाेल्नुभएकाे थियाे  ।

वडा सदस्य रेवती विश्वकर्माकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन गणेश प्रावि तिनुखाेलाका प्रधानाध्यापक प्रेमबहादुर वलीले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार