२०८१ फाल्गुन ६ गते मङ्गलवार

संयुक्त एम्बुलेन्स चालक संघ नेपालकाे स्थापना दिवसमा तुलसीपुरमा दीप प्रज्वलन



दाङ, ११ माघ ।

संयुक्त एम्बुलेन्स चालक संघ नेपालकाे सातौं स्थापना दिवस इकाई समिति तुलसीपुरले मनाएको छ।  स्थापना दिवसको अवसरमा संघले शुक्रबार साँझ तुलसीपुरकाे विरेन्द्र चाेकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा संघका केन्द्रीय सचिवालय सदस्य सुवास रिजाल र केन्द्रीय सदस्य धनबहादुर केसी सहित जिल्ला र इकाई समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। दीप प्रज्वलनमार्फत संघले एम्बुलेन्स चालकहरूको अधिकार, सेवाको प्रभावकारिता र आपतकालीन स्वास्थ्य सेवा प्रवाहमा आफ्नो भूमिका अझ मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

संघले स्थापनाको सात वर्षको यात्रामा एम्बुलेन्स चालकहरूको पेशागत सुरक्षासँगै सेवा प्रवाहलाई व्यवस्थित बनाउन निरन्तर क्रियाशील रहँदै आएको छ।

 

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार