२०८१ चैत्र ३ गते आइतवार

रोल्पामा सेप्टी ट्याङ्की खन्ने क्रममा भटिएकोे सकेट बम सेनाले गर्याे डिस्पोज



फाइल फोटो

दाङ,१२ माघ ।

रोल्पामा सेप्टी ट्याङ्की खन्ने क्रममा भेटिएको सकेट बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
त्रिबेणी गाउँपालिका-२ दहवनमा सेप्टी ट्याङ्की खन्ने क्रममा आज(शनिबार) सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरिक्षक रोहीतकुमार अधिकारीले जानकारी दिनुभयो ।

सडक विभागको कार्यालय क्षेत्र भित्र खन्दै गरेको सेप्टी ट्याङ्कीमा दिउँसो साढे चार बजेतिर पुरानाे सकेट बम फेला परेको थियो। खबर पाए लगत्तै नेपाली सेनाको बटुक दल गण लिवाङबाट सेनानी रामप्रताप गडेरीको नेतृत्वमा खटि गएको टोलीले उक्त सकेट बम डिस्पोज गरेको प्रहरी निरिक्षक अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार