दाङ,२३ माघ ।
तुलसीपुरमा नगद करिव दुई लाख रूपैयाँ नगद र लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
गत माघ १३ गते तुलसीपुर उपमहानगरपालिका-५ ज्योतिनगर टोलबाट २१ वर्षीय पूर्ण बहादुर बाँठा मगर संकास्पद अवस्थामा फेला परेका थिए।
उनको शरीर खानतलासी गर्दा १ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ,नगद ४२ हजार ७ सय रूपैयाँ र भिभाे कम्पनीको एक थान मोबाइल सेट बरामद गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य राणाले जानकारी दिनुभयाे ।
त्यस्तै, सोही दिन साँझ तुलसीपुर-५, राप्ती प्रादेशिक अस्पतालको गेटअगाडिशंकास्पद रूपमा हिँडिरहेका २७ वर्षीय प्रविन सुनारलाई चेकजाँच गर्दा ५ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ, नगद १ लाख २४ हजार ३९५ र बेन्काे भि ९० एक थान मोबाइल सेटसहित पक्राउ गरेकाे प्रहरी निरीक्षक राणाले बताउनुभयाे ।
पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत घोराहीबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

