२०८१ चैत्र ३ गते आइतवार

आयोजक वडा नम्बर ६ ले जित्यो,सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताको उपाधि



दाङ, २५ माघ ।
तुलसीपुरमा संचालित सर्वाधिक पुरस्कार राशीको वडास्तरिय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले हात पारेको छ । अरनिको मैदानमा आज भएको फाइनल खेलमा वडा नम्बर ८ लाई ० का विरुद्ध ४ गोलले पराजित गरेर आयोजक वडा नम्बर ६ ले जित हात पारेको हो ।

जितसंगै वडा नम्बर ६ ले नगद २ लाख ६६ हजार ६६६ र चाँदीको रनिङ शिल्ड प्राप्त गरेको प्रतियोगिता मूल आयोजक समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीले बताउनुभयो ।

यस्तै उपबिजेतामा चित्त बुझाउन बाध्य वडा नम्बर ८ को टिमले १ लाख ६६ हजार ६ सय ६६ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को आयोजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी युथ क्लबको सहकार्यमा अरनिको मैदानमा प्रतियोगिता संचालन भएको हो ।

माघ १९ गतेदेखि संचालित प्रतियोगितामा तुलसीपुरउपमहानगरका १९ वडामध्ये १६ वडाका टिमको सहभागिता रहेको थियो । त्यस्तै व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट हुने खेलाडी हरिहर बुढाले नगद ८ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

त्यस्तै उत्कृष्ट गोलरक्षक तुलसीपुर ६ का प्रतित शेर्पाइली , सर्वाधिक गोलकर्ता तुलसीपुर–६ का सागर गन्धर्व, उत्कृष्ट मध्यपंक्ति तुलसीपुर–८ का राजबहादुर बस्नेत, उत्कृष्ट प्रशिक्षक तुलसीपुर–६ का कमल लामिछाने र उत्कृष्ट डीभेन्स तुलसीपुर–६ का अनिश रसाइलीलाई क्रमश स् नगद ५ हजार पुरस्कार तथा प्रमाणपत्र सहित सम्मान गरिएको गरिएको छ ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार