२०८१ चैत्र ३ गते आइतवार

सप्तरंगी इंगलिस मिडियम स्कूलको ‘सक्सेस एक्सपो’



दाङ, २ फागुन ।
तुलसीपुर-९ बेलुवामा रहेको सप्तरंगी इंगलिस मिडियम स्कूलले आफ्नो वार्षिक ‘सक्सेस एक्सपो-२०८१’ भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालयले विद्यार्थीहरूको सिर्जनात्मकता, नवप्रवर्तन र शैक्षिक उपलब्धिहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो ।

एक्सपोमा विद्यार्थीहरूले विज्ञान, प्रविधि, कला, साहित्य र सांस्कृतिक प्रदर्शन गरेका छन् । विद्यालयका प्रिन्सिपल प्रदिप वलीले सक्सेस एक्सपोले विद्यार्थीहरूलाई सिर्जनात्मक सोच विकास गर्न, अनुसन्धानमुखी शिक्षा आत्मसात गराउन मद्दत पुर्‍याउने बताउनुभयो ।

एक्सपोमा अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । विद्यालय संचालक समितिका अध्यक्ष ललितजंग शाहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि रावतले कक्षा १२ पास गरिसकेपछि विदेशिने परम्पराको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सप्तरंगीले हरेक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक गोपाल गिरीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार