
दाङ,३ फागुन ।
तुलसीपुर उपमहानगरपालिका-५ मा निर्माणाधीन रहेकाे पालिकाको व्यापारीक भवन (तुलसी ट्रेड टावर) निरीक्षण गर्ने क्रममा भर्याङबाट लडेर जिन्सी शाखा प्रमुख तुलसीपुर-६ निवासी कृष्णबहादुर वली घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राणाले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक राणाका अनुसार आज(शनिबार) साँझ करिब ६ बजेकाे समयमा भवनको आठौं तलाको भर्याङबाट लड्दा वली भवनकाे सातौं तलामा खस्नुभएकाे थियाे।
भर्याङबाट लडेर टाउकोमा गम्भीर चोट लागेका वलीलाई तत्काल राप्ती लाइफ केयर अस्पताल तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार