
दाङ,६ फागुन ।
तुलसीपुरमा धतुरोको फल खाँदा एकजना बिरामी परेका छन्।
तुलसीपुर उपमहानगरपालिका-५ सल्यान रोडका ७४ वर्षीय ललित नारायण श्रेष्ठले आफ्ना नातिनातिनाहरूले खेलाइरहेको धतुरोको फल अनजानमै खाँदा बिरामी परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो।
प्रहरी निरक्षक रानाका अनुसार धतुरो सेवनबाट अचेत अवस्थामा रहेका श्रेष्ठकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार