२०८३ बैशाख २० गते आइतवार

तुलसीपुरमा गोरुले हान्दा एक जनाको मृत्यु



फाईल तस्बिर

दाङ, १४ फागुन ।
तुलसीपुरमा पानी खुवाउने क्रममा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ जमेरा निवासी ७१ बर्षीय गहचा चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता, प्रहरी निरीक्षक सूर्य रानालेजानकारी दिनुभयो ।

चौधरी मंगलबार साँझ पौने ५ बजेतिर गोरुले हान्दा गम्भीर घाइते हुुनुभएको थियो ।

ढाड, पेट र दुवै हातमा चोट लागेकाका उहाँको मंगलबार नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरेर घर लगिएको थियो । उहाँको बुधबार विहान ९ बजेतिर घरमै मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार