
दाङ,२१ फाल्गुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी सहित ९२ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ ।
मन्त्रालयले ३९ जना नयाँ पदस्थापन भएका उपसचिवहरु र ५३ जना विभिन्न निकायमा कार्यरत उपसचिवहरुको सरुवा गरेको हो ।
जसअनुसार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगीको अछामको मङ्गलसेन नगरपालिकामा सरुवा भएकाे छ।
गतवर्ष चैतमा तुलसीपुर उपमहानगरपालिकामा आएका डाँगी पछिल्लो समय एकपछि अर्को विषयमा विवादितत बन्दै गएका थिए। उनको कार्यशैलीलाई लिएर जनप्रतिनिधि तथा कर्मचारी असन्तुष्ट भएका थिए।एजेन्डामा नभएका विषय कार्यपालिका बैठकमा घुसाएर निर्णय गर्दा पछिल्लो समय पालिका बदनाम बन्दै गएको थियो ।
गत पुस १३ गते प्रमुख प्रशासकिय अधिकृत डाँगीलाई तुलसीपुर निवासी सर्प उद्धारकर्ता प्रभात भण्डारीले सर्प महोत्सव बापतको रकम भुक्तानीमा आनाकानी गरेपछि कार्यकक्षमै ताला लगाएर थुनेका थिए।
मेयरका स्वकीय सचिव तथा प्रेस संयोजकलाई हटाइएको निणय हुँदा समेत आफुहरुले जानकारी नपाएको एमालेबाट निर्वाचित एक जनप्रतिनिधिले बताए । मेयरको सचिवालय समेत खारेज भएको छ ।विवादका पर्यायको रुपमा चिनिने प्रमुख प्रशासकिय अधिकृत डाँगीको एक वर्ष नपुग्दै सरुवा भएको हो ।
कार्यपालिका निर्णय उल्ट्यापछि तुलसीपुरका मेयरलाई कर्मचारीकाे धन्यवाद पत्र
डाँगीको सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिव केशवराज पार्धेलाई पठाएकाे छ। उहाँ निजामती सेवामा शालिन र भद्र स्वभावभकाे अधिकृत रहेकाे समकक्षिहरू बताउँछन् ।
तुलसीपुरमा ४१ लाखको प्रविधि सफ्टवेयर खरिद विवादमा