
रोल्पा, ४ चैत । रोल्पामा सडेको अवस्थामा एक युवकको शव फेला परेको छ । रोल्पा नगरपालिका–९, हाङवाङस्थित सालघारी सामुदायिक वनमा सडेगलेको अवस्थामा एक युवकको शव फेला परेको हो।
प्रारम्भमा शवको पहिचान नखुले पनि अनुसन्धानपछि मृतक २२/२३ वर्षीय उमेश बुढामगर रहेको खुलेको छ । मृतक बुढामगर हाल नेपालगन्जमा हजुरबुवासँग बस्दै आएका थिए । प्राप्त जानकारी अनुसार उनी करिब १०-१२ दिनअघि मामा घर भेट्न आएका थिए । उनी चैत १ गते लिवाङ बजारस्थित मेलामा देखिएको प्रमाण फेला परेको छ । त्यसपछि भने उनी कसैको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि रेउघा अस्पताल, रोल्पा पठाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र ४ गते सोमवार