२०८२ जेष्ठ १० गते शनिवार

राम्री-कपुरकोट खण्ड भोलिदेखि दैनिक पाँच घण्टा बन्द हुने



दाङ, ७ बैशाख । राप्ती राजमार्ग अन्तर्गत राम्री–कपुरकोट खण्ड भोलि सोमबारदेखि दैनिक पाँच घण्टा बन्द हुने हुने भएको छ ।

सडक डिभिजन कार्यालय दाङका अनुसार सडकको स्तरोन्नतीका लागि बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म राम्री–कपुरकोट खण्डमा सवारी आवागमन बन्द गरिने भएको हो ।

बन्द हुने समयमा वैकल्पीक मार्ग पैँयुखोरे–कपुरकोट सडक प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ । सार्वजनिक सूचना अनुसार सोमबार भोलिदेखि बैशाख १४ गतेसम्म सात दिन उक्त सडकमा सवारी आवागमन बन्द गरी स्तरोन्नतीको काम गरिने छ ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार