२०८२ माघ २९ गते बिहिवार

पुष्पन हेल्थ केयर प्रालिको अत्याधुनिक भिडियो-एक्सरे सेवा रातीमा पनि उपलव्ध



दाङ,३० बैशाख । पुष्पन हेल्थ केयर प्रालिले अत्याधुनिक भिडियो–एक्सरे सेवा दिन शुरु गरेको छ । प्रालिले सोमबार बुद्ध जयन्तीको अवसर पारेर अत्याधुनिक भिडियो–एक्सरे सेवा शुरु गरेको हो । तुलसीपुर–७ निवासी वरिष्ठ रेडियोलोजिस्ट डा. पुष्पराज रिजालले पश्चिम नेपालकै पहिलोपटक नयाँ प्रविधिको अत्याधुनिक भिडियो–एक्सरे सेवा सञ्चालनमा ल्याउनु भएको हो ।

उहाँका अनुसार बिरामीले रातीको समयमा पनि सेवा पाउनेछन् । टाढाबाट आएका र आपतकालिन बिरामीले समयमै उपचार पाउन भन्ने उद्देश्यका साथ रातीमा पनि सेवा प्रदान गरिने भएको हो ।

हेल्थकेयरमा 3D/4D स्क्यान, एनामली स्क्यान, टीभीएस, पेट तथा छातिको भिडियो एक्सरे, घाँटी, स्तन, अण्डकोष, हातखुट्टा, जोर्नी, नवजात शिशु, गाठागुँठी, माशपेशी आदिको मिडियो एक्सरे सेवा पाउने डा. रिजालले बताउनुभयो ।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार