२०८२ माघ २३ गते शुक्रवार

तुलसीपुरमा महिलालाई क्रुरतापूर्वक हत्या गरेको कसुरमा आजीवन काराबासको फैसला



दाङ, ३१ असार । दाङमा एक महिलालाई क्रुरतापूर्वक हत्या गरेको कसुरमा दाङ जिल्ला अदालतले एक पुरुषलाई आजिवन कारावासको फैसला गरेका छन् । अदालतले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलटाकुराकी ४२ वर्षिय रिता लामिछानेलाई हत्या गरेको कसुर ठहर गर्दै सोहि ठाउँकै ३८ वर्षिय टेक बहादुर हमाललाई आजीवन काराबासको फैसला गरेको हो ।

जिल्ला न्यायधिस राजेश्वर अर्यालको इजलासले सोमबार हमाललाई पाँच लाख जरिवानासहित आजीवन कारावासको फैसला गरेको अदालतका श्रेष्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । हमालले २०८० असोज ६ गते लामीछानेलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

लामीछानेले घरमै काम गरिरहेका बेला हमालले खकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले अभियुक्त हमाललाई असोज ६ गते घरबाटै पक्राउ गरी कार्तिक १२ गते कर्तव्य ज्यानसम्बन्धि मुद्धा चलाएको थियो । अदालतको फैसला अनुसार अब अभियुक्त हमाल जीवनभर कारागार बस्नुपर्नेछ ।

अभियुक्त हमालले २०८० असोज ६ गतेकै दिन तुलसीपुर–११ कै ६५ वर्षिया कमला कुमारी हमाललाई पनि खुकरी प्रहार गरी हत्याको प्रयास गरेका थिए । बारीमा काम गरिरहेका बेला खुकुरी प्रहार हुँदा हमालको टाउकोमा गम्भिर चोट लागेको थियो ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मङ्गलवार