२०८३ बैशाख १८ गते शुक्रवार

दाङसहित देशका धेरै ठाउँमा वर्षा



दाङ, १८ असार ।
अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकोले दाङसहित देशका धेरै ठाउँमा ठूलो पानी परिरहेको हो ।

दाङ, बाँके, बर्दिया, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, स्याङ्जा, पाल्पा, गोरखा, ललितपुर, सिन्धुपाल्चोक लगायतका जिल्लामा ठूलो पानी परिरहेको छ । आज कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरूमा, लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि भारी वर्षा हुने सम्भावना छ ।

नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अनपाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । आउँदो तीन दिनसम्म नै कणर्ाली, महाकाली, कोशी, नारायणी, बागमती र यसका प्रमुख सहायक नदीहरू तथा कमला, कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आजदेखि केही दिन लुम्बिनी, सुदूरपश्चिम र कणर्ालीमा भारी वर्षा हुने सम्भावना रहेको छ । मनसुनी प्रणाली पर्सि बिहीवारसम्म नै सक्रिय हुने र मौसममा सुधार नआउने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । मनसुनी वायु सुदूरपश्चिमको कैलाली-कञ्चनपुर हुँदै पहाडतिर उक्लिँदै गएको मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : २०८१ असार १८ गते मङ्गलवार