२०८३ बैशाख २० गते आइतवार

तपाईँको आजको राशिफल २०८१ मंसिर २५ गते मंगलबार



मेष राशि:आफ्नो बुद्धि प्रयोग गर्न सके, आजको दिन शुभफलदायक रहनेछ। स्वादिष्ट भोजन प्राप्त होला। पराक्रम बढ्नेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। अतिथिको स्वागत सत्कार गर्नु पर्ला। व्यवसायिक सफलता मिल्नेछ। दिन रमाइलोसँग बित्नेछ। स्वास्थ्यमा ख्याल राख्नु होला।

वृष राशि:घरमा अतिथिको आगमन हुनेछ। शुभ कार्यको चर्चा चल्नेछ। रोकिएका कार्य पुन: सुचारु हुनेछन्। पारिवारिक साथले मन प्रसन्न हुनेछ। कूटनीतिक सफलता मिल्नेछ। मन प्रसन्न रहला। स्वास्थ्यमा भने सजगता अपनाउनु होला।

मिथुन राशि:नयाँ कार्यका योजना बन्नेछन्। मान-सम्मान वृद्धि हुनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। चिताएको कार्यले तीव्रता पाउनेछ। वैदेशिक कार्यहरू अगाडि बढ्नेछन्।

कर्कट राशि:सोचेअनुरूप कार्य अघि बढ्नाले मनमा हर्ष छाउनेछ। आर्थिक लाभ हुनेछ। संगीतमा रुचि बढ्नेछ। पारिवारिक जमघटले मन आनन्दित हुनेछ। कला क्षेत्रमा रुचि बढ्नेछ।

सिंह राशि:खानपानमा ध्यान दिनुपर्नेछ। अनावश्यक झमेलामा पर्न सकिन्छ। हातैको सफलता अरुकै पोल्टामा पर्न सक्ने सम्भावना छ, सचेत हुनु होला। अनावश्यक खर्च बढ्नेछ।

कन्या राशि:कीर्तिमानी कायम गर्ने समय छ। मित्रबाट सहयोग प्राप्त हुनेछ। महत्वपूर्ण कार्यको थालनी हुनेछ। आकस्मिक धन लाभ हुनेछ। रोजगारका अवसर मिल्नेछन्। रोकिएका कार्य पुन: सुचारु हुनेछन्। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। दैनिक कार्यमा सफलता मिल्नेछ।

तुला राशि:मनमा उत्साह बढ्नेछ। बाणीको प्रभाव बढ्नेछ। महिला वा मित्रबाट सहयोग प्राप्त हुनेछ। घरमा अतिथिको स्वागत सत्कार गर्ने अवसर मिल्नेछ। जोश, जाँगर र हिम्मत बढ्नेछ। केही उपहार प्राप्त हुन सक्छ। गरेका कार्यहरू सफल हुनेछन्। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ।

वृश्चिक राशि:आँटेका कार्य सफल हुनेछन्। प्रेम सम्बन्धमा सुधार हुनेछ। आर्थिक उन्नति हुनेछ। आत्मबल बढाएर अघि बढ्नुपर्नेछ। आफन्तसँगको भेटघाटले पारिवारिक सुमधुरता कायम हुनेछ।

धनु राशि:विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। कार्यहरू सफल हुनेछन्। व्यवसायमा सफलता मिल्नेछ। आर्थिक पक्ष बलियो हुनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। मनोरञ्जनमा दिन बित्नेछ। दिनको उत्तरार्धमा खर्च बढ्न सक्छ। स्वास्थ्यमा सजगता अपनाउनु पर्नेछ।

मकर राशि:आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मनमा शान्ति छाउनेछ। शुभ समाचार सुन्न पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। व्यवसाय फस्टाउँदै जानेछ। पारिवारिक साथ मिल्नेछ। वाणीमा मिठास छाउनेछ। कुटुम्ब वृद्धि हुनेछ। स्वास्थ्यमा ख्याल राख्नु होला। बेलुकीपख धन बढी खर्च हुनेछ।

कुम्भ राशि:दैनिक कार्यमा प्रगति हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। रमाइलो यात्राको सम्भावना छ। धैर्य र लगनशीलताले नयाँ अवसरहरू प्रदान गर्नेछ। पारिवारिक सद्भाव मिल्नेछ।

मीन राशि:आफन्तसँग विशेष भेटघाट हुनेछ। अधुरा कार्य पुन: सुचारु हुनेछन्। प्रशासनिक कार्यहरू पूर्ण हुनेछन्। विद्यार्थीका लागि महत्वपूर्ण दिन हुनेछ। व्यवसायमा सोचेअनुसार सफलता मिल्नेछ। वैदेशिक सफलता मिल्नेछ। पदोन्नति वा मान-सम्मान बढ्नेछ।

ज्योतिषाचार्य तथा वास्तु विद्: माधवा शर्मा
सचिव: नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र, तुलसीपुर, क लाइन, जेसिस चोक, दाङ
९८४८०६०७९९

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार