तुलसीपुर,६ पुस।
कैलाशधाम नागेश्वर मन्दिर व्यवस्थापन समितिकाे दाेस्राे साधारणसभा आज(शनिवार) तुलसीपुरमा सम्पन्न भएकाे छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ बनहरीमा रहेकाे नागेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर खत्रीकाे अध्यक्षता तथा वडा अध्यक्ष तुलसी थापाकाे प्रमुख आतिथ्यतामा साधारणसभा भएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथि थापाले नागेश्वर मन्दिरकाे विकासका लागि विगतमा स्थानीय सरकारले विकासका लागि वजेट विनियोजन गर्न नसकेपनि आगामि वर्ष सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे।
वि.सं २०७५ सालमा नाग देखिएपछि याे क्षेत्र चर्चामा आएकाे थियाे । त्यसलगत्तै महायज्ञ आयाेजना गरेर मन्दिर निर्माण गरिएकाे थियाे। साधारणसभामा समितिकाे लेखा प्रतिबेदन काेषाध्यक्ष राष्ट्रिय प्रसाद डाँगीले पेश गर्नुभएकाे थियाे । सो अवसरमा ठूलाचौर सामुदायिक वन समूहका अध्यक्ष फनिन्द्र कुमार भट्टराई, हलुवार खानेपानी संस्थाका उपाध्यक्ष यमलाल पार्धे लगाएतले मन्तव्य राख्नुभएकाे थियाे।

साधारणसभाका अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मानित गरिएको छ।सम्मानित हुनेहरूमा दानदाता टेकबहादुर बस्नेत, जेष्ठ सदस्य मन प्यारी चौधरी, संस्थापक अध्यक्ष भुवन सिंह चौधरी, उपाध्यक्ष भरत देवकोटा,सचिव रामप्रसाद पोख्रेल र कोषाध्यक्ष महेश रिजाललाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मानित गरिएको हो।

समितिका उपाध्यक्ष शाेभाराम बुढाथोकीकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमकाे सहजिकरण सचिव दामाेदर न्याैपानेले गर्नुभएकाे हाेे ।
यसैविच समितकाे आजै सम्पन्न अधिवेशनबाट पदमबहादुर खत्रीकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएकाे छ । समितिकाे उपाध्यक्षमा शाेभाराम बुढाथोकी,सचिव दामाेदर न्याैपाने,काेषाध्यक्ष राष्ट्रियप्रसाद डाँगी,सह-सचिवमा शंखु चाैधरी चयन हुनुभएकाे छ ।
यस्तै सदस्यहरूमा तिर्थबहादुर खत्री,डिला पाेखरेल,रमण चाैधरी,नारायणप्रसाद भट्टराई, ओबिराम न्यौपाने,टेकराज रिजाल,कमला ओली, मालती देवकोटा तीर्थराज पोखरेल र फनिन्द्रकुमार भट्टराई चयन हुनुभएको छ।

