दाङ, २१ फागुन ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वका लागि नेकपा एमालेले पनि उम्मेदवारको टुङ्गो लगाएको छ। चुनावमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी मिलेर जाने निर्णय भएको नेकपा एमाले दाङका सचिव श्याम डाँगीले जानकारी दिनुभयो।
सचिव डाँगीका अनुसार एमालेले अध्यक्षसहित सचिव, कोषाध्यक्ष, तीन महिला सदस्य र दुई पुरुष खुला सदस्य सहित आठ पदाधिकारी पाएको छ भने राप्रपालाई उपाध्यक्ष पद दिइएको छ।
नेकपा एमालेको तर्फबाट खानेपानी संस्थाका पूर्व सचिव मनोज लामिछानेलाई अध्यक्षको उम्मेदवार बनाएको नेकपा एमाले दाङका सचिव श्याम डाँगीले जानकारी दिनुभयो। यसअघि एमालेका तर्फबाट बहालवाला सचिव सेवकराम भण्डारी र पूर्व सचिव मनोज लामिछानेको नाम अध्यक्ष पदको उम्मेदवारका लागि चर्चामा रहेको थियो।
तुलसीपुर खानेपानी : नेपाली कांग्रेसले लगायो उमेदवारको टुंगो
यस्तै, उपाध्यक्षमा राप्रपाका तर्फबाट लक्ष्मण केसी उम्मेदवार बन्नुभएको छ। सचिवमा एमालेका भुवन भुसाल, कोषाध्यक्षमा सपना बस्नेत भण्डारी, महिला सदस्यहरूमा छमा भण्डारी, सुशीला ओली र प्रमिला तिवारी रहनुभएको छ।
यस्तै, पुरुष खुला सदस्यमा पदमबहादुर खड्का र सुशील न्यौपानेलाई उम्मेदवार बनाएको सचिव डाँगीले जानकारी दिनुभयो।
तुलसीपुर खानेपानी: अध्यक्षमा माओवादीसँग मिलेर ७ दल चुनावी मैदानमा होमिँदै

