२०८१ जेष्ठ ३१ गते बिहिवार

झ्याप्प ,झ्याप्प विद्युत जाने समस्या सुधार गर्ने सहमती पछि विद्युतको ताला खुल्यो



५ असार, २०७९
तुलसीपुर
बिहान साढे १० बजेदेखि बन्द रहेको तुलसीपुर विद्युतको ताला खोलिएको छ । विद्युत नियमित हुनुपर्ने मागसहित विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा स्थानीयले आज बिहान तालावन्दी गरेका थिए ।

आगामी दिनमा विद्युत कटौती जति सक्दो न्युन गर्ने सहमति भएपछि कार्यालयको ताला खोलिएको स्थानीय युवा बसन्त गिरीले बताउनुभयो । विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानबहादुर र्फसालले आगामी दिनमा प्राकृतिक समस्या बाहेक अन्य समयमा लाईन कटौती न्युन गर्ने प्रतिवद्धता जनाएपछि ताला खोलिएको हो ।

पछिल्लो समय तुलसीपुर क्षेत्रमा विद्युत अनियमित हुँदा समस्या भएको र मागबारे कुनै सुनुवाई नभएको भन्दै आज विहान तुलसीपुरका युवाहरुले विद्युत कार्यालयमा ताला लगाएका हुन् ।

प्रकाशित मिति : २०७९ असार ५ गते आइतवार