५ असार, २०७९
दाङका पालिकाका लागि लुम्बिनी प्रदेश सरकारबाट ४५ करोड बढीको बजेट बिनियोजन भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि दश स्थानीय तहमा ४५ करोड ३२ लाख ३४ हजार बजेट बिनियोजन गरेको हो ।
प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा दाङमा पालिकाका लागि पुजीँगत अर्थात विकास बजेटतर्फ १९ करोड ९ लाख ९८ हजार र चालु खर्चतर्फ २६ करोड २२ लाख ३६ हजार बिनियोजन गरेको छ ।
जिल्लाका दश स्थानीय तहमध्ये घोराही उपमहानगरपालिकाले प्रदेश सरकारबाट सबैभन्दा बढी बजेट प्राप्त गरेको छ । प्रदेश सरकारले घोराहीका लागि ७ करोड ७ लाख २५ हजार बजेट विनियोजन गरेको छ ।
यस्तै तुलसीपुरका लागि प्रदेश सरकारले ६ करोड ९६ लाख, लमही नगरपालिकाका लागि ४ करोड ९८ लाख २१ हजार, गढवा गाउँपालिकाका लागि ३ करोड ९७ लाख २८ हजार आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको छ ।
यसैगरी दंगिशरण गाउँपालिकाका लागि प्रदेश सरकारले ४ करोड २१ लख २४ हजार, बंगलाचुलीका लागि ३ करोड ४७ लाख ३३ हजार, बबई गाउँपालिकाको लागि ३ करोड ५२ लाख ५१ हजार, राजपुर गाउँपालिकाको लागि ३ करोड ४८ लाख ७५ हजार बजेट बिनियोजन गरेको छ ।
यस्तै राप्ती गाउँपालिकाको लागि ४ करोड २२ लाख ७ हजार र शान्तिनगर गाउँपालिकाको लागि ३ करोड ५० लाख ७० हजार बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।।