२०८१ जेष्ठ ३१ गते बिहिवार

एनएमबि बैंकको मुद्दतीमा डबल प्रतिफलको योजना



दाङ, ८ असार ।
एनएमबि बैंकले आफ्ना ब्यक्तिगत ग्राहकहरुका लागि आकर्षक मुद्दती योजना एनएमबि डबल मुद्दती र एनएमबि जन्मभुमि डबल मुद्दती योजना सार्बजनिक गरेको छ ।

डबल मुद्दती योजना अन्तर्गत ग्राहकले न्युनतम मौज्दात ५० हजार वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ । त्यसैगरि जन्मभुमि डबल योजनामा नेपालीहरुले वैदेशिक रोजगारीबाट आएको रिेमिट्यान्स रकममा ७० महिनामा सो रकम डबल हुने बैंकले जनाएको छ ।

सोही योजना अन्तर्गत एनएमबि बंैकका ग्राहकले आफ्नो मुद्दती रकमको ९० प्रतिशतसम्म क्रेडिटकार्ड सुबिधा र उक्त कार्ड निःशुल्क जारी गर्ने र मुद्दती रसिद धितोमा पनि ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने बैंक तुलसीपुर शाखाका प्रमुख रमेश रेग्मीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ असार ८ गते बुधवार