२०८० फाल्गुन १७ गते बिहिवार

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ



असार १०, २०७९ अर्घाखाँची
(अर्घाखाँचीको मालारानी गाउँपालिका २ डाँडाकटेरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् । डाँडाकटेरीका २७ वर्षीय कमल भुसाललाई २७ वर्षीया श्रीमती सरु भट्टराई भुसालको हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताउनु भयो ।

भुसालले आफूहरु दुबै जना घरबाट नजिकैको जङ्गलमा घाँस दाउरा लिन गएको र आफूले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर हत्या गरेको बयान दिएका प्रहरी निरीक्षक पौडेलले बताउनु भयो । श्रीमतीको हत्यापछि भुसाल आफैँ प्रहरी चौकी पुगेका थिए । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार