
दाङ, ११ असार ।
दाङका स्थानीय तहमा चालुवर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट आकार घटेको छ । दश स्थानीय तहमा चालुवर्षको तुलनामा आगामी आर्थिक वर्षमा १ अर्ब ४७ लाख ७५ हजार कम आएको हो ।
जिल्लाका दुई उपमहानगरसहित दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९र२०८० का लागि ९ अर्ब ४९ करोड १२ लाख ७९ हजारको अनुमानित बजेट प्रस्तुत गरेका छन् । चालु वर्षमा जिल्लाका दश स्थानीय तहले १० अर्ब ४९ करोड ६० लाख ५४ हजारको बजेट ल्याएका थिए ।
तुलसीपुर उपहानगरपालिकासहित बबई र दंगीशरण गाउँपालिकामा आगामी वर्षको बजेट चालुवर्षको तुलनामा कम आएको हो । तुलसीपुर उपमहानगरपालिकामा चालुवर्षको तुलनामा आगामी वर्षको बजेट १ अर्ब ५३ करोड ४८ लाख ३६ हजारले कम आएको छ ।
उपमहानगरपालिकाले आगामी आर्थिक वषका लागि १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार बजेट ल्याएको छ । तुलसीपुर उपमहानगरपालिकाले चालु वर्षमा ३ अर्ब ३९ करोड ९६ लाख १५ हजार रुपैयाँ बजेट ल्याएको छ । यस्तै बबई गाउँपालिकाले आगामी वर्षका लागि ५० करोड ६५ लाख ४३ हजार बराबरको बजेट सार्बजनिक गरेको छ । चालु वर्षमा बबईले ५१ करोड ६४ लाख ७४ हजारको बजेट ल्याएको थियो ।
यस्तै दंगीशरण गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४६ करोड ९४ लाख ३ सय बराबरको बजेट ल्याएको छ । गाउँपालिकाले चालुवर्षमा ४७ करोड ३३ लाख ६७ हजारको बजेट ल्याएको थियो ।
घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि २ अर्ब ३२ करोड ९० लाखको बजेट ल्याएको छ । चालु आर्थिक बर्षमा उपमहानगरले २ अर्ब २० करोड २८ लाख बजेट ल्याएको थियो । चालु वर्षको तुलनामा यस आर्थिक बर्षमा १२ करोड बजेट बढेको छ ।
उता लमही नगरपालिकाले आगामी आर्थिक बर्षका लागी १ अर्ब ३९ करोड ८१ लख १८ हजारको बजेट ल्याएको छ । लमही नगरपालिकाले एक अर्ब ८ करोड ४२ लाख ३८ हजारको बजेट ल्याएको थियो । यस्तै राजपुर गाउँपालिकाले आगामी आर्थिक बर्षको लागी ५३ करोड २० लाख ७१ हजारको बजेट प्रस्तुत गरेको छ । राजपुर गाउँपालिकाले चालुवर्षमा ५१ करोड ८५ लाख ६९ हजार बजेट ल्याएको थियो ।
यस्तै बंगलाचुली गाउँपालिकाले ६३ करोड ५५ लाख २० हजार बराबरको बजेट ल्याएको छ । बंगलाचुलिले चालुवर्षमा ६१ करोड २७ लाख ६६ हजारको बजेट ल्याएको थियो । यस्तै गढवा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड ४५ लाख १० हजार बराबरको बजेट ल्याएको छ ।
गढवाले चालुवर्षमा ६२ करोड ६ लाख १० हजारको बजेट ल्याएको थियो । यस्तै राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६१ करोड करोड ५४ लाख ८४ हजार बराबरको बजेट ल्याएको छ । राप्ती गाउँपालिकाले चालु वर्षमा ६० करोड ३४ लाख १३ हजार बजेट ल्याएको थियो ।।