
सल्यान, १५ असार ।
सल्यानको एक घरबाट नगदसहित सुनका गरगहना चोरी भएको छ । कपुरकोट गाउँपालिका वडा नम्बर ५ सिस्नेरी निवासी यामकुमार रोका (चौधरी माइला) को घरबाट बुधबार दिउँसो नगद र सुन चोरी भएको हो ।
चोरले दिउँसो घरमा कोहि नभएको मौका छोपी नगद करिब १० हजार र ७० हजार बराबरको सुनका गरगहना चोरी गरेको स्थानीय रोहित महताराले जानकारी दिनुभयो ।
उहाँका अनुसार चोरले घरको ताला फोडेर सुनको तिलहरी, भुर्कीमा राखेको नगद र बाकसमा राखेको तीन हजार गरी करिब ८० हजार बराबरको चोरेको हो ।
पिडित रोकाले चोरीबारे प्रहरीमा जानकारी गराएपनि अहिले सम्म केहि पत्ता लाग्न नसकेको महताराले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७९ असार १६ गते बिहिवार