२०८१ असोज २१ गते सोमवार

तुलसीपुरको वडास्तरीय बजेटको सिलिङ ७० लाख



दाङ, १७ असार ।तुलसीपुरमा आर्थिक बर्ष २०७९/८० को बजेट कार्यक्रममा वडास्तरीय सिलिङ ७० लाख तोकिएको छ । आगामी बर्षका लागि सबै वडाहरुले योजना बनाएर पठाउनुपर्ने कार्यपालिकाले निर्णय गरेको छ ।

असार १७ अर्थात आजसम्म योजना शाखामा पठाउनका लागि योजना छनोट गर्न विभिन्न वडाहरुले योजना तर्जुमाका लागि भेलाहरु गरिरहेका छन् । थोरै बजेटमा धेरै जनताको विकास निमार्णका कुराहरु समेट्नु पर्ने भएकाले अहिले वडाका जनप्रतिनिधिलाई सकस परेको छ ।

तुलसीपुर उपमहानगरले आर्थिक बर्ष २०७९/८० को लागि कुल बजेट १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार अनुमान गरेको छ । गत बर्ष करिब १ करोड ३० लाख वडा बजेट योजनाहरु बनाएका वडाहरुलाई यस बर्ष विकास निमार्णमा जनताका आकंक्षा धेरै भएको र बजेट थोरै भएकाले समस्या भएको उपमहानगरले बताएको छ ।

वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम ढकालका अनुसार धेरैजसो योजनाहरु बस्तीस्तरबाट सडक निर्माण, नाला खानेपानी र सिँचाइसम्बन्धी भएको भन्दै ७० लाख बजेटलाई बाँडफाँड गरि योजना बनाएको बताउनुभयो ।।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार