२०८१ मङ्सिर २४ गते सोमवार

जथाभावी फोहोर गर्नेलाई कठोर नीति ल्याउँदै तुलसीपुर उपमहानगर



दाङ, २० असार ।
दाङको तुलसीपुर उपमहानगरपलिकाले जथाभावि फोहोर गर्नेलाई कार्बाही गर्ने गरी कठोर नीतिको तयारी गरेको छ । नगरलाई सरसफाई राख्नका लागि जथाभावी फोहर गर्नेलाई जरिभाना गर्ने गरी नगरले तयारी गरेको हो ।

फोहर सहि व्यवस्थापन नहुँदा तुलसीपुरको बजार क्षेत्र दुर्गन्धित बन्दै गएको अवस्थामा उपमहानगरले कठोर निति ल्याउन लागेको हो । नगरले फोहर मैला जथाभावि गर्नेलाई ५ सय देखि १० हजारसम्म जरीवाना गर्ने गरी नीति ल्याउन लागेको नगरका वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक वर्षात भण्डारीले जानकारी दिनुभयो ।

संयोजक भण्डारीले कुनै पनि नागरिकले आफुले गरेको फोहोर आफैले गर्ने प्रवृतिको विकास गर्न कठोर नीति ल्याउन लागेको बताउनुभयो । उहाँले गल्ने र नगल्ने फोहरलाई छुट्याउने र आफ्नो घर-टोल आफैले सफा नगरे कारवाही गर्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरलाई दिगो रुपमा सरसफाई राख्न फोहोरको बर्गिकरण गरि फोहोर व्यवस्थापन गर्न पहिलो चरणमा सचेतनाको कार्यक्रम गरिने छ । सरसफाई तथा फोहर मैला व्यवस्थापन शाखा प्रमुख माधब पौडेलले नगरलाई सफा, सुन्दर र नमुनायोग्य शहरको रुपमा विकास गर्न फोहोर व्यवस्थापनको थुप्रै योजना बनाएको बताउनुभयो ।

उहाँले फोहोरको प्रकार हेरेर कारवाही गर्ने र जरीवाना गरिने बताउनु भएको छ । उपमहानगरको आर्थिक ऐनमा भएको प्रस्तावलाई आधार मानेर फोहर गर्नेलाई कारबाही गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७९ असार २० गते सोमवार