२०८० फाल्गुन १३ गते आइतवार

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु



दाङ, २० असार ।
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका वडा नम्बर ६ खिलतपुरका ४५ वर्षीय लाल बहादुर नेपाली रहेको प्रहरीले जनाएको छ ।

नेपालीलाई सोमबार आज बिहान साढे ९ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मदनआश्रृत चोक स्थित बलराम डाँगीको निर्माण हँुदै गरेको घरको लागि रड काट्ने क्रममा करेन्ट लागेको हो ।

राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा बिहान पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ असार २० गते सोमवार