तुलसीपुर, २१ असार ।
घोराही उपमहानगरपालिकाले थारु भषाको पाठ्यक्रम तयार पारेको छ । पाठ्यक्रमलाई थारु समुदायको बाहुल्यता भएको ठाउँका विद्यालयमा लागु गर्ने घोराही उपमहानगरपालिका तयारी गरेको छ ।
थारु भाषा अध्ययन गर्ने विद्यार्थीका लागि कक्षा एक देखि नै ऐच्छिक विषयको रुपमा विकास गरिने भएको छ । घोराही उपमहानगरपालिकाको वडा नम्बर १ देखि १० सम्म थारु समुदायको बाहुल्यता छ ।
घोराही उपमहानगरपालिका सामाजिका विकास महाशाखा प्रमुख बिनोद गौतमले थारु भाषाको पाठ्यक्रममा भाषा संरक्षणमा सहयोग पुग्ने बताउनुभयो ।
प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार