२०८२ कार्तिक २९ गते शनिवार

अनिल र उपेन्द्रले युवा जुटाएर बनाए राप्ती प्रादेशिक अस्पतालमा तुलसीको मोठ



तुलसीपुर ,२२ असार । हरिशयनी एकादशीकाे अवसर पारेर दाङमा युवाहरूले अस्पताल परिसरमा तुलसीकाे माेठ निर्माण गरेका छन् ।  तुलसीपुरमा रहेकाे राप्ती प्रादेशिक अस्पताल परिसरमा सामाजिक अभियन्ता अनिल विष्टकाे अगुवाइमा  तुलसीको मोठ निर्माण गरिएको हाे।

धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले निर्माण गरिएको तुलसीकाे मोठ अस्पताल परिसरलाई आध्यात्मिक र शान्तिपूर्ण बनाउने विश्वास लिएकाे अभियन्ता विष्टले बताउनुभयाे।

तुलसीकाे माेठमन आज(आईतवार)  विधिवत रूपमा पुजा आरधना संगै तुलसीकाे बिरुवा राेपेर अस्पताल प्रशासनलाई हस्तान्तरण गरिएकाे हाे ।

तुलसीपुर,७ जितपुर निवासी समाजसेवी उपेन्द्र पाैडेलकाे प्रमुख आतिथ्यता तथा समाजिक अगुवा अशिताभ लामिछाने एवम् मेघराज केसीकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएकाे हाे।

तुलसी माेठमा तुलसीका बिरुवा राेपेर  ज्येष्ठ नागरिक बुद्धिराज चापागाईंले उद्घाटन गर्नुभएकाे हाे ।

कार्यक्रममा समाजिक अभियन्ता रविन ज्ञवाली,ओपेन्द्र दाहल,विकास सेन ठकुरी,भेषराज अर्याल,एकराज भट्टराई,सन्दिप गाैतम,बागविर राेकाया,तिखे बैरागी लगाएतकाे सहभागिता रहेकाे थियाे ।

परम्परागत मान्यता अनुसार, मृत्युपछि शवलाई तुलसीको माेठ नजिकै राख्ने प्रचलन छ । साेहि कारण अस्पतालमा मृत्युवरण हुने व्यक्तिहरूलाई मृत्युपछि सजिलै तुलसीकाे माेठ नजिकै राख्न सजिलाे हाेस भन्ने उदेश्यले युवहरू मिलेर तुलसी माेठकाे निर्माण गरेकाे प्रमुख अतिथ पाैडेलले बताउनुभयाे ।

 हिन्दू धर्ममा पवित्र मानिने तुलसीकाे बाेट वनस्पति मात्र नभई धार्मिक, सांस्कृतिक, पर्यावरणीय र औषधीय दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण मानिन्छ। यही कारणले गर्दा  घर, मन्दिर र सार्वजनिक स्थलमा तुलसीको मोठ निर्माण गर्ने परम्परा रहेको पाइन्छ। सांस्कृतिक दृष्टिले पनि तुलसीको मोठ घरको आँगनमा राख्नु शुभ मानिन्छ।

अस्पताल परिसरमा तुलसी मोठ निर्माण गरेपछि अस्पताल प्रशासनले अभियन्ताहरूलाई धन्यवाद ज्ञापन गरेको छ। अस्पतालका मेडिकल सुपरटेन्डेन्ट डाक्टर पदमराज अधिकारीले समाजमा चेतनामूलक सन्देश प्रवाह गर्न सफल भएको बताउनुभयाे ।

 

प्रकाशित मिति : २०८२ असार २२ गते आइतवार