
तुलसीपुर,३१ बैशाख । तुलसीपुरमा दलित तथा सीमान्तीकृत महिलाहरूका लागि सिपमुलक तालिम सुरू भएकाे छ ।
सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आर्थिक सहयोग तथा सामाजिक रूपान्तरणका लागि हाम्रो अभियान, तुलसीपुर दाङको आयोजनामा सिपमूलक तालिम कार्यक्रम सुरु गरिएको छ।
संस्थाका अध्यक्ष भिम बिश्वकर्माकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य लोका विश्वकर्माको प्रमुख आतिथ्यतामा मंगलबार तालिमकाे उद्घाटन गरिएकाे हाे ।
कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय दाङका प्रमुख गिरिराज पाण्डे, NNDSWO, केन्द्रीय कार्यसमितिका उपाध्यक्ष तथा आयोजक संस्थाका सल्लाहकार जोगेन्द्र विश्वकर्मा, तुलसीपुर ७ का वडा सदस्य डीला विश्वकर्मा, समाजसेवी हिमालारोहि , सुन्दर चौधरी, सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्थाको प्रमुख पदमा कंडेल लगायतले तालिमको महत्त्व माथि प्रकाश पार्नुभएको थियो ।
तुलसीपुर-७ स्थित पर्सेनीमा कटाई सिलाई बेसिक तालिम र बेमौसमी तरकारी खेती तालिमको शुभारम्भ गरिएको हो।उद्घाटन पश्चात् कटाई सिलाई तालिम पर्सेनी र बेमौसमी तरकारी खेती तालिम बेत्रावती बम्नैमा सञ्चालन हुने जनाइएकाे छ। कटाई सिलाई तालिममा २५ जना र बेमौसमी तरकारी खेती तालिममा २२ जना दलित तथा सीमान्तकृत समुदायका महिलाहरूले सहभागिता रहेकाे छ ।
तालिमकाे प्रशिक्षकमा तारा परियार र निराजन सुनार रहनुभएकाे छ । संस्थाका उपाध्यक्ष राम बहादुर नेपालीको स्वागत मन्तव्यबाट शुरु भएको कर्यक्रमकाे सहजिकरण सदस्य किरण विश्वकर्माको गर्नु भएको थियो ।