२०८२ बैशाख ८ गते सोमवार

बाख्रा चोरेको आरोपमा दुई जना पक्राउ



देउखुरी-२६ असार । देउखरीमा बाख्रा चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

बाख्रा चोरी गरेको आरोपमा राप्ती गाउँपालिका वडा नम्बर ८ का ४२ वर्षिय दलबहादुर चौधरी र ४५ वर्षिय बलिराम चौधरी पक्राउ परेका हुन् । पक्राउ परेका दलबहादुर चौधरीले आफ्नो घरमा लगेर बाख्रा बाँधेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई दिएका थिए ।

स्थानीयको खवर पाएपछि खोजतलास गर्ने क्रममा प्रहरीले शनिबार राप्ती नदी छेउमा हिडिरहेको अवस्थामा दलबहादुर चौधरीलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जनाएको छ । पक्राउ परेका दलबहादुर चौधरीको बयानको आधारमा बलिराम चौधरी पनि पक्राउ परेका हुन् ।मदिरा सेवन गरेपछि उनिहरुले बाख्रा चार्ने योजना बनाएका थिए ।

शुक्रबार राती करिव १० बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी घरभाँडामा बस्ने कल्पना गुरूङको खोरबाट बाख्रा चोरी भएको थियो । चोरले १ वटा बाख्री, १ वटा बोका र १ वटा खसी गरी ३ वटा बाख्रा चोरी गरेको छ ।

प्रकाशित मिति : २०७९ असार २६ गते आइतवार