२०८१ माघ १० गते बिहिवार

व्यवसाय सञ्चालनमा सरकारले साथ नदिएको होटेल व्यवसायीको गुनासो



दाङ, ३२ असार ।
तुलसीपुर होटेल व्यवसायी समितिको ८ आँै साधारण सभा तथा पाँचौ अधिवेशन तुलसीपुरमा भएको छ । समितीका अध्यक्ष टेक राम खड्काको अध्यक्षता तथा तुलसीपुरका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो । त्यस अवसरमा नगरप्रमुख खड्काले होटल व्यवसाय नै आर्थिक समृद्धिको आधार भएको बताउनुभएको छ ।

उहाँले तुलसीपुरको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास गरी होटेल व्यवसायको प्रवद्र्धन गर्न सकिने समेत बताउनुभयो । होटल व्यवसायलाई मर्यादित बनाउनुपर्ने बताउदै नगरप्रमुख खड्काले होटल व्यवसायको प्रवद्र्धनका लागि सरकार आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताउनुभयो ।

त्यस अवसरमा व्यवसायीहरुले व्यवसाय सञ्चालनमा सरकारले साथ नदिएको गुनासो गरेका छन् । उनीहरुले व्यवसायीको हकहितमा सम्बन्धित निकायले आवाज उठाउन छोडेको गुनासो गरेका हुन् । व्यवसायी नै नेता बन्ने प्रबृत्ति बढेको भन्दै व्यवसायलाई मर्यादित बनाउनुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

समितीका सचिव ईन्द्र बहादुर बस्नेतले संस्थाको सांगठनिक प्रतिवेदन पेश गर्नुभएको हो भने कोषाध्यक्ष चुणर् बहादुर वलीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको हो ।

समितीका उपाध्यक्ष देव बहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेमप्रकास मल्लले गर्नुभएको हो । अधिवेशनले शनिबार नै नयाँ नेतृत्व चयन गर्ने समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार ३२ गते शनिवार