२०८० फाल्गुन १७ गते बिहिवार

साढे तीन वर्षको बालिकालाई बलत्कार आरोपमा १४ वर्षिय बालक पक्राउ



दाङ, ८ साउन ।
दाङमा साढे तीन वर्षिय नाबालिकामाथि बलत्कार भएको छ । बबई गाउँपालिका वडा नं. ४ खयरबट्टीका एक १४ बर्षीय किशोरले साढे ३ बर्षीया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

किशोरले बालिकालाई मकै बारीमा लिएर बलात्कार गरेपछि बारीबाट खसाएका थिए । घरमा आप खान आएका किशोरले बालिकालाई घर नजिकैको बारीमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

‘ किशोर बच्चीको घरमा आएर आँप खान इच्छा गरेपछि अभिभावकले आँप खान दिए, बच्ची पनि घरमै रहेछन्’,उहाँल भन्नुभयोे ‘त्यसपछि केही समयमा हेर्दा खेरी ति किशोर पनि नभएको र बच्ची पनि नभएपछि खोजतलास गर्दा बलात्कार गरेर बारीबाट लडाएको पाईयो ।’

बारीबाट खसाएपछि बालिका घाइते भएकी छन् । शनिबार दिउसो साढे २ बजेतिर घटना भएको हो । बारीबाट ४० मिटर तल खसाउँदा ति बालिकाको टाउकोमा चोट लागेको छ ।

बालिकाको तुलसीपुरमा प्रारम्भीक उपचारपछि थप उपचारकालागि कोहलपुर लगिएको छ । बेहोस अबस्थामा फेला परेकी ति बालिकाको अहिले होस खुलेको छ । प्रहरीका अनुसार ति किशोर पटक-पटक गलत क्रियाकलापमा संलग्न रहेका ब्यक्ती हुन् ।

दिउसो २ बजेतिर घरमा किशोर आएर घटना भएपनि आफूहरुलाई साँझ ८ बजेतिर मात्रै खबर आएको डिएसपी अर्यालले बताउनुभयो । ति किशोरलाई अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । ति किशोरले बालिकाको सुनको ‘रिङ’ समेत चोरेर लगेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार