
दाङ, १६ साउन ।
दाङको टरिगाउँ विमानस्थलको बाउजर अन्यत्र लैजाने तयारी गरिएपनि तत्कालका लागि स्थगित गरिएको छ ।
इन्धन डिपो संचालनको काम अन्तिम चरणमा पुगेको समयमा बाउजर अन्यत्र लैजाने तयारी गरिरहेको समयमा सरोकारवालाले बिरोध जनाएपछि बाउजरलाई अहिले तत्काल अन्यत्र नलगिने नेपाल आयल निगमले जनाएको छ ।
यद्यमी केन्द्रको निणर्य आउन बाँकी रहेको नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका प्रमुख विपिन श्रेष्ठले बताउनुभयो । उहाँले अहिले तत्कालका लागि टरिगाउँ बिमानस्थलमा रहेको बाउजर अन्यत्र नलैजाने बताउनुभयो । उहाँले बाउजर फिर्ता नभई रिप्लेस गर्न लागिएको भएपनि सरोकारवालाको विरोधपछि बाउजर अन्यत्र नलगिने बताउनुभयो ।
दाङमा ३ देखि ४ सय लिटर मात्रै ईन्धन बिक्रि हुने भएकाले केन्द्रले मासिक रुपमा दाङमा ईन्धन पठाउने गरेर अहिलेको बाउजर लैजाने गरेको थियो । टरिगाउँमा विमानस्थलमा ११ हजार लिटर ईन्धन अट्ने बाउजर रहेको छ । विमानस्थलमा इन्धन करिब ३० हजार लिटर अट्ने इन्धन ट्यांक स्थापना गरिएको छ । अहिले ट्यांकमा इन्धन राख्नका लागि नमुना परिक्षण भारतमा पठाइएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले दाङका लागि ल्याईएको बाउजर फिर्ता लैजाने प्रक्रिया यथाशिघ्र रोकिनुपर्ने बताउनुभयो । उहाले बाउजर फिर्ता लैजाने प्रक्रिया नरोकिएमा दंगाली जनता सडकमा उत्रन बाध्य हुने बताउनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले पनि कुनै पनि हालतमा बाउजर फिर्ता नहुने बताउनुभयो । दंगाली जनताहरुको लामो संघर्ष पछि दाङको टरिगाउँ एयरपोर्टमा ब्राउजर आएको बताउँदै फिर्ता लैजाने कुरा आफुहरुले स्वीकार्न नसक्ने उहाँको भनाई छ ।