२०८० असोज ५ गते शुक्रवार

दाङमा बालिका बलत्कारको आरोपमा युवक पक्राउ



दाङ, १८ साउन ।
दाङमा आठ वर्षिय बालिकालाई बलत्कारको आरोपमा एक जना पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका–५ निवासी ८ वर्षिया बालिकालाई बलत्कार गरेको आरोपमा सोही ठाउँका २९ वर्षिय चमन बिक पक्राउ परेका हुन् ।

विकलाई तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरीस्थित आफन्तको घरमा लुकिछिपी बसीरहेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

बिकले बालिकालाई उनको घरदेखि एक सय मिटर पर मकैबारीमा लगेर जबरजस्ती करणीको प्रयास गरेको उहाँले बताउनुभयो । बालिकाको अवस्था भने सामान्य रहेको छ ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार