२०८१ असोज २१ गते सोमवार

आफ्नै कर्मचारीमाथि यौन दुव्र्यवहार गर्ने संचालक पक्राउ



तुलसीपुर, २४ साउन ।
दाङमा युवतीमाथि बलात्कार प्रयास गरेको भन्दै एक ड्राइभिङ सेन्टर सञ्चालक पक्राउ परेका छन् ।

बालिकाले इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी दिएपछि रोल्पाको त्रिवेणी गाउँपालिका घर भई दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा बागेश्वरी ड्राइभिङ सेन्टर सञ्चालन गर्दै आएका ३४ वर्षीय बालाराम डाँगीलाई पक्राउ गरिएको हो ।

डाँगीले ति युवतिलाई राति कार्यालयमा बोलाएका थिए । उनले आफ्नो श्रीमति पनि कार्यालयमै भएको र जरुरी फर्म भर्नुपर्ने छ, भनी राति १२ बजे बोलाएका थिए । डाँगीको श्रीमति पनि कार्यालयमै भएको भनि डाँगीले भनेपछि उनी सहजै कार्यालय आईन् । तर, उनले एक जना साथी पनि लिएकी थिइन् ।

तर, श्रीमति साथमा नभएपछि राति १ बजेतिर फर्किने क्रममा भर्‍याङमा समाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताउनुभयो । साथी पनि संगै भएकाले ति युवती उम्किन सफल भएकी थिइन् । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार