२०८१ कार्तिक १७ गते शनिवार

निगमको बेइमानी : ३ पटक लागत घट्दा पनि इन्धनको भाउ घटेन



दाङ, १ भदौ ।
खरिद लागतमा उल्लेख्य गिरावट आउँदा पनि नेपाल आयल निगमले इन्धनको उपभोक्ता मूल्य नघटाउने भएको छ ।

२० असारयता डिजेल र पेट्रोलमा मात्रै खरिद लागत एक लिटरमा ३४ रुपैयाँ घटेको छ । मंगलबार मात्र भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ मूल्यसूची पठाएको छ । लगातार तेस्रो पटक मूल्य घटेर आएपनि निगमले भने आईओसीलाई तिर्नुपर्ने वक्यौता र ऋण देखाएर उपभोक्ता मूल्य नघटाउने बताएको छ ।

निगमको आर्थिक भार उच्च भएका कारण तत्काल मूल्य घटाउने निर्णय गर्न नसकिने निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताउनुभयो । निगम गत वर्ष ५० अर्ब घाटामा जाँदा वित्तीय अवस्थामा समस्या रहेको भन्दै थानीले तत्काल मूल्य समायोजन हुन नसक्ने बताउनुभयो ।

लगातार इन्धनको खरिद लागत घट्ने र नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ मूल्य महँगो हुँदा पनि उपभोक्तालाई महँगो मूल्यको पासोमा राखिनु गलत भएको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । चाडपर्वको मुखमा इन्धनको मूल्य घटाएर उपभोक्तालाई महँगीबाट बचाउन सरकार अनुदार देखिएको उनीहरुको आरोप छ ।

प्रकाशित मिति : २०७९ भाद्र १ गते बुधवार