दाङ, २ भदौ ।
पुरुषलाई माया जालमा पारी आर्थिक लाभ लिन खोज्ने एक गिरोह पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुुरमा सुनचाँदी व्यवसाय गर्ने दिनेश घर्ती मगरलाई मायाप्रेमको नाटक गरी रकम असुली गर्ने रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर ५ का ४० वर्षिय दिलिप कुमार वली, घोराही उपमहानगरपालिका वडा नम्बर १० का पवित्रा डाँगी, सोही ठाँउका ३२ वर्षिय बिमला डाँगी, २९ वर्षिय शान्ता नेपाली र २२ वर्षिय सर्मिला भनिने पर्मिला नेपाली रहेको छन् ।
पक्राउ परेकी शर्मिला नेपालीले पीडित घर्तीलाई साउन २६ गते राती ११ बजे योजनाबद्ध तरिकाले आफ्नो घरमा बोलाएकी थिइन् । घर्ती घरमा आएपछि अन्य चारजना केहीबेरमा घरमा आएको र डरधम्की दिई नगद १ लाख र २/२ लाखका २ वटा चेक फरक फरक मितीमा र एउटा चेक ७ लाख २० हजार गरी १२ लाख २० हजार रुपैया बेइमानीपूर्वक लाभ लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुुख एसपी सुुरेश काफ्ले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
उनिहरु सबैलाई पक्राउ गरी सम्पूणर् सामान समेत बरामद गरिसकेको उहाँले बताउनुभयो । पक्राउ परेका उनीहरुलाई मुुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुुसार अपराधिक लाभ शिर्षकमा मुद्धा दर्ता गरी अनुुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।