२०८१ असार ४ गते मङ्गलवार

दुई थान बन्दुक गढवाबाट बरामद



दाङ, ३ साउन ।
दाङ प्रहरीले दुई थान बन्दुक बरामद गरेको छ । प्रहरीले गढवा गाउँपालिका वडा नम्बर १ मलमलाका गंगेश्वर कुमालले छिमेकीको घरमा लुकाएर राखेको दुई थान अवैध हतियार बन्दुक बरामद गरेको हो ।

छिमेकी ३७ वर्षिय डिलबहादुर कुमालको घरबाटै दुई वटै बन्दुक फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिनुभयो ।

उनिहरुको घरमा लुकाएर राखेको अवस्थामा बन्दुक फेला परेपनि दुवै जना फरार रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । दुवै जनालाई अवैध हतियारको मुद्धा दर्ता गरिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र ३ गते शुक्रवार