दाङ, ५ भदौ ।
दुई वर्षसम्म निःशुल्क रुपमा दर्ता हुँदै आएको साना उद्योग दर्ता अव भने व्यवसायीले शुल्क तिर्नु पर्ने भएको छ । लुम्बिनी प्रदेशमा अब नयाँ दर्ता हुने उद्योगले रकम तिर्नु पर्ने भएको हो । चालु आर्थिक वर्षदेखि नयाँ उद्योग दर्ता गर्दा शुल्क तिर्नु पर्ने भएको हो ।
प्रदेश सरकारले अघिल्ला २ वर्षमा घरेलु तथा साना उद्योग दर्ता गर्दा निःशुल्क गरेको थियो । अहिले साना तथा लरेलु उद्योग दर्ता गर्दा ५ हजार १ सय रुपैयाँ तिर्नु पर्ने भएको हो । विगतमा निःशुल्क उद्योग दर्ता गर्न पाउने भए पछि उद्यमी बन्न चाहनेहरुलाई सहयोग पुगेको तर सरकारले यस प्रकारको व्यवस्था हटाएपछि नयाँ उद्यमीहरुलाई समस्या भएको व्यवसायमा आउन चाहेका व्यवसायीले बताएका छन्
प्रदेशका १२ वटै जिल्लामा नयाँ उद्योग थपिने साना तथा घरेलु उद्योलय यस प्रकारको सेवा प्राप्त गरेको लुम्बिनी प्रदेश उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ । निःशुल्क गरेपछि नयाँ थप हुने साना तथा मझौला उद्योग एक सय रुपैयामा दर्ता गर्न पाएका थिए । प्रदेश सरकारलेको निणर्य अनुसार उद्योगमा लाग्ने दस्तुर छुट दिएको कारण एक सय रुपैयामा उद्योग दर्ता हुन पाएका थिए ।
तर चालु आर्थिक वर्षमा प्रदेश सरकारले नयाँ उद्योग दर्ता गर्दा निःशुल्क नगरेकाले शुल्क लिने गरेको घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख उमवहादुर वलीले बताउनुभयो । प्रदेश सरकारले अघिल्ला वर्षमा नि शुल्क गर्न भनेर परिपत्र गरेकाले निःशुल्क गरिएको थियो तर अवदेखि त्यो व्यवस्था हटाइएको छ ।