२०८१ असोज १८ गते शुक्रवार

फुटपाथ व्यवसायीमाथि खनिदै तुलसीपुर उपमहानगर



दाङ, ६ भदौ ।
बजार व्यवस्थापनको नाममा तुलसीपुर उपमहानगरपालिका साना व्यवासइमाथि खनिदै गएको छ । नगरले अहिलेसम्म ठुला व्यवसायीमाथि भन्दा पनि फुटपाथमा व्यवसाय गर्ने साना ठेला तथा फुटपाथ व्यवसायललाई जफत गर्ने गरेको देखिएको छ ।

नगरले फुटपाथ व्यवसाय व्यवस्थापन गर्ने नाममा बजारका विभिन्न स्थानबाट ठेला तथा फुटपाथ व्यवसायीलाई नियन्त्रणमा लिएको हो ।

जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी तथा सरोकारवाला निकायको सक्रियतामा फुटपाथ ब्यबसायीलाई नियन्त्रणमा लिईएको हो । तुलसीपुरको वडा नं. ५ र ६ मा पर्ने विभिन्न स्थानबाट ठेला र बिक्रिका लागि राखिएका सामग्रि नियन्त्रणमा लिइएको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडासदस्य भिमबहादुर केसीले बताउनुभयो ।

पटक-पटक सडक मिचेर फुटपाथ ब्यबसाय गर्नेहरुलाई ध्यानाकर्षण गराएको भएपनि अटेरी गरेपछि यस्तो कदम चाल्नु परेको उहाँले बताउनुभयो ।

तुलसीपुरको बसपार्क, घोराही रोड, ‘ख’ लाईन, ‘ग’लाईन, बाहिनी चोकलगायतमा सडक मिचेर मिचेर विक्री गर्न राखिएका आलु, प्याज, लसुन, बोडी, तिते करेला,केरा, पानीपुरी, बन्दागोवीलगायत पेय पदार्थ नियन्त्रणमा लिइएको हो । यस अघि पनि उपमहानगरपालिकाले फुटपाथमा बेचिरहेका आईसक्रिम, कुल्फीलाई नियन्त्रणमा लिएको थियो ।

उपमहानगरपालिकाले विगतदेखि नै फुटपाथ ब्यबसायलाई व्यवस्थित गर्न खोजेको छ । विगतमा नियन्त्रणमा लिएका फुटपाथका ठेलाहरु पनि अहिले उपमहानगरपालिकाको परिसरमा छन् । तर, फुटपाथ व्यवसायीको उचित ब्यबस्थापन हुन सकेको छैन् ।

आफूहरुको उचित ब्यबस्थापन गर्नुपर्ने फुटपाथ ब्यबसायीहरुको माग रहेको छ । फुटपाथ ब्यबसायीहरुले गर्दा सवारी दुर्घटना बढिरहेको भन्दै यसो नगर्न उपमहानगरपालिकाले सूचना जारी गरिरहेको छ ।

नगरले बजार व्यवस्थापनको नाममा साना फुटपाथ व्यवसायीलाई नियन्त्रणमा ल्याउने गरेपनि ठुला व्यवसायीमाथि कार्बाही गर्न सकेको छैन् । बजारका विभिन्न सडक मिचेर निर्माण सामग्रि थुपार्ने र मोटरसाइकल सडकमै पार्किङ गर्ने व्यवसायीलाई नगरले कार्बाहीको दायरामा ल्याउन नसकेको हो ।

प्रकाशित मिति : २०७९ भाद्र ६ गते सोमवार