२०८१ बैशाख ११ गते मङ्गलवार

युवक अपहरण गर्ने दाङका चारसहित छ जना धरौटीमा रिहा



दाङ, ९ भदौ ।
दाङमा एक युवकलाई अपहरण गर्ने छ जना धरौटीमा रिहा भएका छन् । दैलेखको चामुन्डा बिन्द्रसैनी नगरपालिका निवासी २७ बर्षीय केशव कुमार बिकलाई अपहरण गरेको आरोपमा पक्राउ परेका सबै धरौटीमा छुटेका हुन् ।

बुटवलबाट अपहरण गरेर तुलसीपुर स्थित युवम होटेलमा ल्याएर आर्थिक चलखेल गर्न खोजेको आरोपमा पक्राउ परेका बबई गाउँपालिका – ४ निबासी ३५ बर्षीय लिला बिक, सोही ठाउँ निबासी ३५ बर्षीय मार्सल घर्ती, तुलसीपुर उपमहानगरपालिका- ४ खाद्रे निबासी २५ बर्षका सुकलाल बिक धरौटीमा रिहा भएका हुन् ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिका- ९ निबासी २० बर्षका २० का मनोज थारु, प्युठानको गौमुखि गाउँपालिका-७ घरभई हाल तुलसीपुर उपमहानगरपालिका ६ निबासी २४ बर्षका जनक कुँवर र तुलसीपुर उपमहानगरपालिका-७ निबासी २६ बर्षकी निर्मला बिकलाई धरौटीमा छोडिएको हो ।

उनीहरुलाई भदौ ६ गते सोमबार दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश जगत बहादुर पौडेलको इजलासले ५०/५० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

प्रकाशित मिति : २०७९ भाद्र ९ गते बिहिवार