२०८१ जेष्ठ १६ गते बुधवार

थुनवा छुटाउन बहानामा आफन्तसंग घुस लिने बस्नेत पक्राउ



दाङ, १२ भदौ ।
थुनुवा छुटाईदिने भन्दै घुस लिने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले तुलसीपुर उपमहानगरपालिका ८ निवासी २० बर्षीय प्रतिक बस्नेतलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवा छुटाईदिने भन्दै उनीहरूका अभिभावकसँग ५० हजार रकम घुस लिने बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

प्रहरीले बस्नेतलाई प्यूठानको बिजुवारबाट पक्राउ गरेको हो । सार्वजनिक अपराधमा २३ दिनसम्म थुनामा रहेका बस्नेतले थुनुवामा रहदा चिनजान भएका साथीहरूसँग उनका अभिभावकहरूको नम्बर लिएको र अभिभावकलाई फोन गरेर नगद रकम दिएपछि छुटाईदिने भन्दै ५० हजार लिएको डिएसपी गौतमले बताउनुभयो ।

अभिभावकलाई बोलाएर जिप्रका नजिकैको होटलमा बसेर रकम लिएर फरार भएका बस्नेतलाई पक्राउ गरिएको हो । बस्नेतले थुनुका आफन्तलाई फोन गरेर जिल्ला प्रहरी कार्यालयको मुद्धाफाटबाट फोन गरेको भनेर झुक्याउने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बस्नेतलाई म्याद थप गरि थप अनुसन्धान अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार