२०८१ जेष्ठ १६ गते बुधवार

दाङमा एक कैदी अदालतबाटै फरार, खोजिकार्य तिब्र



दाङ, २३ भदौ ।
दाङमा एक कैदी जिल्ला अदालतबाटै फरार भएका छन् । सुन चोरीको आरोमा पक्राउ परेका घोराही- १७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा बिहीबार बेलुका जिल्ला अदालतबाट फरार भएका हुन् ।

अदालतमा म्याद थपका लागि लगिएका कैदी विश्वकर्मा फरार भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो ।

विश्वकर्मा सुन चोरीको आरोपमा बुधबार घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर बजार क्षेत्रबाट पक्राउ परेका थिए । म्याद थपका लागि न्यायाधीशसमक्ष पेस गर्ने क्रममा शौचालय जाने बहानामा विश्वकर्मा फरार भएका हुन् ।

ट्वाईलेट जान्छु भनेपछि विश्वकर्मा जिल्ला अदालतभित्रै शौचालय जान दिइएको र त्यही क्रममा उनी शौचालयको झ्यालबाट फरार भएको प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

शौचालय गएका विश्वकर्मा लामो समयसम्म पनि नआएपछि ढोका फोरेर ५ बजेतिर हेर्दा त्यहाँ फेला नपरेको एसपी वलीले बताउनुभयो । फरार विश्वकर्माको खोजीकार्य तिव्र बनाइएको उहाँको भनाई छ ।

आफू एआइजीको स्कर्टिङको लागि भालुबाङमा रहेको र म्याद थप्न लैजाँदा लापरबाही गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याउने उहाँले बताउनुभयो ।

शौचालय जान्छु भनेर योजनाबद्ध रूपमा झ्यालबाट हाम फालेर निस्किएको र त्यसपछि अदालतको पर्खाल नाघेर फरार भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र २३ गते बिहिवार