२०८० फाल्गुन १७ गते बिहिवार

अदालतबाट फरार भएका सुन चोरी आरोपी दाङको नाकाबाट पक्राउ



दाङ, २५ भदौ ।
दाङमा अदालतबाटै फरार भएका सुन चोरी आरोपी २४ घण्टापछि प्रकाउ परेका छन् ।

म्याद थपका क्रममा बिहीबार बेलुकी जिल्ला सरकारी वकिल कार्यालयबाट भागेका २२ वर्षीय लक्ष्मण विश्वकर्मालाई प्रहरीले शुक्रबार राति दाङको सिमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

विश्वकर्मा बुधबारमात्रै सुनचोरी आरोपमा पक्राउ परेका थिए । बिहीबार म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको बेला शौच गर्ने बाहनामा शौचालयको झ्यालको सिसा फुटाएर दुई तलाबाट हाम फालेर भागेका थिए ।

फरार भएलगतै डिएसपी राजनकुमार गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले २४ घण्टापछि दाङको सिमावर्ती क्षेत्रबाट विश्वकर्मालाई पक्राउ गरेको एसपी वीरबहादुर वलीले बताउनुभयो ।

उहाँका अनुसार सिमाना पार गरि भारततर्फ जानेक्रममा दाङको दक्षिण गढवा क्षेत्रबाट शुक्रबार बेलुकी पक्राउ गरिएको हो । पक्राउ परेका कैदी विश्वकर्मालाई राति १० बजे पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दाङ ल्याइएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २५ गते शनिवार