२०८१ असोज १८ गते शुक्रवार

सरस्वती माविमा बालदिवस कार्यक्रम



तुलसीपुर, ३० भदौ ।
बबई गाउँपालिका वडा नम्बर ७ मा रहेको सरस्वती माध्यमिक विद्यालय चरकमटियाले बुधबार ५८ औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज डाँगीको अध्यक्षता तथा वडा नम्बर ७ का वडा अध्यक्ष तिलक राम भण्डारीको प्रमुख आतिथ्य एवं वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्र विक्रम शाह र वडा नम्बर ६ का निवर्तमान वडा अध्यक्ष राम बहादुर डाँगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

बबई गाउँ पालिकाको सहयोगमा विद्यालयले बालदिवस कार्यक्रम भएको हो । शिक्षक हरि रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिक्षिका सुसिला बुढाथोकी , समाजसेवी कुल बहादुर घर्ति लगायतकाले बालअधिकार रक्षाका लागि अभिभावक तथा सरोकारवाला निकाय गम्भिर बन्नुपर्ने बताउनुभयो ।

दिवसको अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम समेत गरेको छ । कुर्सी दौड छात्रातर्फ मावि चरकमटियाका हेमन्ता थापा प्रथम, कौशिलापुरका निशा विक द्वितीय र रेणुका चौधरी तृतीय भएका थिए । कुर्सी दौड छात्रतर्फ मावि चरक मटियाका निरज थापा प्रथम, आधारभूत विद्यालय सिमलकुनाका संगम सुनार द्वितीय र टोपेन्द्र भण्डारी तृतीय भएका छन् ।

छात्र नृत्य तर्फ कृतम पुरी प्रथम आवि सिमलकुना, अभिषेक वली मावि द्वितीय कौशिलापुर र गगन पुन आवि कट्कुइया तृतीय भएका थिए । छात्रा तर्फ लक्ष्मी वि.क प्रथम, आवि कट्कुइयाका सुरक्षा डागी द्वितीय र मा.वि चरकमटिया पुष्पा वि.क तृतीय भएका थिए ।

वक्तृत्वकला प्रतियोगितामा प्रथम निकिता खत्री मा.वि चरकमटिया सतिराम चौधरी द्बितीय मा.वि चरकमटिया तृतीय दल बहादुर केसी मा.वि कौशिलापुर भएका थिए । पाँच वटा विद्यालयको र्याली पनि रहेको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक विरेन्द्र भण्डारीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ भाद्र ३० गते बिहिवार