२०८१ जेष्ठ १६ गते बुधवार

घोराहीमा अटोमा आगो लगाउने दुई जना पक्राउ



दाङ, १ असोज ।
दाङमा अटोमा आगो लगाउने दुई जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १५ विपिचोक नजिक घर अगाडी रोकि राखिएकोे अटोमा आगो लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

अटोमा आगो लगाएको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका वडा नम्बर १७ कृष्ट हस्पिटल चोक स्थायी घर भई हाल घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा बस्ने २३ वर्षिय मिलन पौडेल र बाग्लुङमा स्थायी घर भई हाल घोराही उप–महानगरपालिका वडा नम्बर १५ विपि चोकमा डेरा गरी बस्ने २९ वर्षिया कमला दर्जीलाई पक्राउ गरेको हो ।

उनीहरुले घोराहीमा डेरा गरी बस्नेत टेक बहादुर खत्रीको रा १ ह ४६६० नम्बरको अटोमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिनुुभयो ।

बिहिबार राती आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी टोलीले घटना स्थलको अध्ययन तथा खोजतलास गर्दे जाने क्रममा उनीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धनमा व्यक्तिगत रिसिभिका कारण अटोमा आगो लगाएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिवार